बसको ठक्करबाट एक महिलाको मृत्यु
पाल्पा | पुस २८, २०७९
पाल्पा: जिल्लाको तानसेन–१२ लुहुङ्मा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो लु १ ख ८३६१ नम्बरको बसले ठक्कर दिँदा तानसेन–१२ की ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।
अर्गली तानसेन भित्री सडकखण्डको सडक भएर गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा विश्वकर्मा गम्भीर घाइते हुनुभएको थियो । विश्वकर्मा सोही बसबाट झरेर घरतर्फ जाँदै गर्दा सो घटना भएको हो ।
गम्भीर घाइते हुनुभएको विश्वकर्मालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको थियो । तर, घाइते विश्वकर्मालाई चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए । घटनापछि प्रहरीले बस चालक र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

